पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार दुई सय ८६ जनाकाे पीसीआर र ६ सय ९३ जनाकाे एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टामा थपिएकासँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ७२ हजार तीन सय ५४ पुगेकाे छ ।
यस्तै काठमाण्डाै उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डाैमा दुई हजार ४९ जना, भक्तपुरमा दुई सय २१ जना र ललितपुरमा तीन सय ६५ जना सङ्क्रमित थपिएका छन् ।
यस्तै कोरोना सङ्क्रमणबाट थप एक सय ९६ जनाकाे ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी एक सय ९६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार चार सय ११ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ६ हजार आठ सय ९१ जना काेराेनामुक्त भएका छन् । याेसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुगेकाे छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राजा रानी
May 18, 2021, 6:14 p.m.खोइ! राजाको कुरो पनि कोरोनाको पनि अब त सार्है गारो भैसक्यो!