सर्वोच्चको अन्तरिम आदेश : ‘मास्क नलगाउनेलाई जरिबाना नलिनू, होल्ड पनि नगर्नू’

 जेठ ४, २०७८ मंगलबार १९:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै प्रहरीले निषेधाज्ञाको समयमा मास्क नलगाउनेलाई जरिबाना तिराउने र घरबाहिर निस्कनेलाई केही समय उभ्याएर होल्ड गरेर राख्ने गरेको थियो । त्यस्तो काम संविधान तथा सङ्क्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्थाको प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।

सङ्क्रामक रोग ऐनको दफा ४ मा ऐन अन्तर्गत भए गरेको कसुरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था रहेको छ ।

अधिवक्ता सागर पौडेल लगायतले कतिपय विपन्न नागरिकले सहज पहुँचको अभावमा मास्क नलगाइ हिँड्ने गरेकाले उनीहरूलाई जरिबाना र यातना दिन नहुने मागसहित निवेदन दर्ता गरेका थिए । मास्क र स्यानिटाइजरलाई निःशुल्क औषधिको सूचीमा राखेर समावेश गर्नसमेत उनीहरूले माग गरेका थिए । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • हरि ढकाल

    May 19, 2021, 6:17 a.m.

    कोविड को यो महामारी बिच सर्बोच्च को यस्तो निर्णयको नतिजा के होला ? नेपालको कानुन ठूला बड़ा ले नै जानुन् !

  •  0 Reply
  • Arjun Kumar thakur

    May 19, 2021, 2:47 a.m.

    no use mask but why are you no use then I want to say a some reason 1) oxygen is less than in Kathmandu 2)not oxygen for any place

  •  0 Reply

तपाईको प्रतिक्रिया