भारतीय नागरिक बोकेर नेपाल एअरलाइन्सको जहाज साउदी अरेविया जाँदै

 जेठ ५, २०७८ बुधबार ७:४६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा रहेका भारतीय नागरिकलाई उद्धार गरेर साउदी अरेविया लैजान आज पनि दुई वटा उडान हुँदैछन् । आज नेपाल एअरलाइन्सले साउदीको रियाद र दमामको लागि दुई वटा उडान गरेर भारतीय नागरिक लैजान लागेको हो ।

यसअघि हिजो हिमालय एअरलाइन्सले तीनवटा र नेपाल एअरलाइन्सले दुई गरी पाँच वटा उडानमार्फत भारतीयलाई साउदी लगिएको थियो । निषेधाज्ञा अघि नै नेपाल आएर अड्किएका भारतीयलाई साउदी लैजान नेपाल नागरिक उड्डयन प्राधिकरणले १० वटा चार्टड उडानको अनुमति दिएको छ ।

आजै दिल्ली–काठमाण्डौ एउटा चार्टड उडान हुँदैछ । यसैबीच आज पनि नेपाल एअरलाइन्सले चीनबाट अक्सिजन सामग्री ल्याउँदैछ । सिलिन्डरसहितका सामग्री बोकेको वाइड बडी जहाज दिउँसो दुई बजेर पाँच मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ । यस्तै आजै राति नेपाल एअरलाइन्सको जहाज चीनको सेन्झेन जाँदैछ । आजै हिमालय एअरलाइन्स र चीनको सिचुवान एअरले पनि उद्धार तथा सामग्री आपूर्तिको लागि चार्टड उडान गर्दैछन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया