काठमाण्डौ उपत्यकाका अस्पतालमा ५ सयभन्दा धेरै बेड खाली (मन्त्रालयको सूचीसहित)

 जेठ ५, २०७८ बुधबार ८:०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमितले अझै सहज रुपमा बेड पाउन नसकेको गुनासो गरिरहँदा सरकारले भने काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालमा ५ सयभन्दा बढी बेड खाली रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो २ बजेसम्मको विवरणअनुसार काभ्रेको धुलिखेलसहित काठमाण्डौका ठूला १८ वटा अस्पतालमा ५ सय १७ वटा बेड खाली रहेको जनाएको हो । मन्त्रालयकाअनुसार यी सबै अस्पतालमा गरी २ हजार २ सय ८६ आइसोलेशन रहेकोमा १ हजार ८ सय ८५ मा मात्र बिरामी छन् । अरु ४ सय १ आइसोलेशन खाली छन् ।

यस्तै यी अस्पतालमा रहेका ४ सय ४२ वटा आईसीयूमध्ये ३ सय ९१ मा बिरामी छन् । बाँकी ५१ वटा आईसीयू खाली छ । २ सय १२ वटा भेन्टिलेटरमध्ये १ सय ४७ मा बिरामी रहेका र बाँकी ६५ वटा भेन्टिलेटर खाली रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बेडको लागि सम्पर्क गर्न केही अस्पतालका सम्पर्क व्यक्तिको मोबाइल नम्बर पनि उपलब्ध गराउँदै आएको छ । कुन अस्पतालमा कति बेड खाली छ भन्ने थाहा पाउन मन्त्रालयले सार्वजनिक गरेको सूची हेर्नुहोस् :

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया