घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – रातो मच्छिन्द्रनाथको मूर्तिलाई आज ललितपुरको बुङ्मती लगिँदैछ ।
आज बिहान ६ बजेर ४० मिनेटकोे साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई रथमा ओराल्ने साइत रहेकोमा प्रतिकात्मक रुपमा रथ हल्लाइएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले उज्यालोलाई जानकारी दिनुभयो । दिउँसो मूर्तिलाई बुुङ्गमतीतर्फ लगिनेछ । विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लगिन लागेको हो ।
यो सँगै यसवर्षको मच्छिन्द्रनाथको जात्रा सकिनेछ । कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्टयाउने सहमति अनुसार जेठ १ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।