एमालेको विवाद मिलाउन बनेको कार्यदलको बैठक आज पनि बस्दै

 जेठ ५, २०७८ बुधबार १०:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । नेताहरुको कार्य व्यस्तताका कारण बैठक साँझ ७ बजे बस्नेछ ।

अर्थमन्त्री विष्णु पौडेल बजेट बनाउन व्यस्त हुनुहुन्छ भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल बुटवलबाट आउनुपर्ने भएकाले बैठक साँझ मात्रै बस्ने अध्यक्ष केपी शर्मा ओलीपक्षका तर्फबाट कार्यदलको नेतृत्व गरेका नेता सुवास नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो ।

हिजोको बैठकले पार्टीमा भ्रम सिर्जना हुने र एक अर्कालाई लक्षित गरेर आलोचना हुने काम नगर्न पार्टीका नेता/कार्यकर्तालाई अनुरोध गरेको थियो । आजको बैठकले भोलि हुने राष्ट्रियसभाको उप-चुनाव र कार्यदलको कार्यक्षेत्रबारे कार्यविधि बनाउनेछ ।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न थालेपछि विवाद मिलाउन कार्यदल बनेको हो । माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ । ओली पक्षले भने पार्टीमा धेरै घटनाक्रमको विकास भइसकेको र माओवादी केन्द्रबाट समेत नेताहरु एमालेमा प्रवेश गरेकाले नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने बताउँदै आएको छ ।

पार्टीभित्रको विवाद मिलाउन ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल र नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको कार्यदल बनेको छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया