प्रधानमन्त्री ओलीद्वारा नै मौन अवधिको उल्लङ्घन

 जेठ ५, २०७८ बुधबार १४:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै राष्ट्रिय सभा उपचुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिता उल्लङ्घन गर्नुभएको छ । बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाएको छ ।

तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई भोट माग्दै अपिल पत्र सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्रीको अपिल पत्रलाई उहाँका सल्लाहकारहरूले नै सामाजिक सञ्जालमा शेयर गरेका छन् । अपिलमार्फत प्रधानमन्त्रीले भोट माग्दा निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लङ्घन भएको देखिएको छ । 

निर्वाचन आयोगले बुधवार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि मिति २०७८ जेठ ३ गते राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लिखित आचरणहरू पालना गर्न गराउनका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ ।’  

यस्ताे छ अपिल पत्र–

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया