घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वैशाख २१ गते जारी गर्नुभएकाे संवैधानिक परिषद्, काम कर्तव्य र कार्यविधिसम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको थियो ।
सरकारले कानुन मिचेर अध्यादेश जारी गरेको भन्दै अधिवक्ता डाक्टर पुण्यप्रसाद खतिवडाले अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गरेर सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । सर्वोच्चका न्यायाधीश मीरा खड्काकाे एकल इजलासले अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनु नपर्ने आधार र प्रमाणसहित भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र जवाफ पेस गर्न राष्ट्रपति कार्यालयलाई निर्देशन दिएको छ ।
सर्वोच्चले अन्तरिम आदेश हुने/नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि १७ गते अदालतमा उपस्थित हुन पनि निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।