घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावमा रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गरेकाे अपिलले निर्वाचन आचारसंहिता उल्लङ्घन भएकाे बताउनुभएकाे छ ।
प्रचण्डले स्वतन्त्र, स्वच्छ र मर्यादित चुनाव सम्पन्न गर्नु सरकारको दायित्व भएकाे र यस विपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित चुनावकाे आधारभूत सिद्धान्तको विरुद्ध रहेकाे बताउनुभएकाे हाे ।
‘मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत अमुक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदातालाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने चुनाव स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएकाे छ ।
साथै प्रचण्डले निर्वाचन आयोग, राजनैतिक पार्टी, निर्वाचन पर्यवेक्षक, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका निम्ति एकजुट हुन अपिल गर्नुभएकाे छ ।
बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाएको छ ।
तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई भोट माग्दै अपिल पत्र सार्वजनिक गर्नुभएको हो ।
यस्ताे छ प्रचण्डकाे प्रेस वक्तव्य–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।