घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ - स्पेनले नेपाललाई अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाउँदैछ ।
चार्टर्ड विमानमार्फत स्पेन सरकारले पठाउने स्वास्थ्य सामग्री आज दिउँसो नेपाल आइपुग्गने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेन्टिलेटर, अक्सिजन कन्ट्रयाक्टर र पीपीईलगायतका स्वास्थ्य सामग्री स्पेनी एजेन्सीका अन्तर्राष्ट्रिय विकास सहयोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिम्यानले स्पेन सरकारका तर्फबाट नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । अमेरिका र युरोपका अरू देशलेसमेत जतिसक्दो छिटो नेपालमा स्वास्थ्य सामग्री पठाउने प्रक्रिया थालिसकेका छन् ।
जर्मनी, स्विट्जरल्यान्ड, क्यानडाबाट पनि सहयोग सामग्रीका लागि प्रक्रिया र छलफल चलिरहेको छ । यस्तै मध्यपूर्वका विभिन्न देशले पनि नेपालका लागि आवश्यक स्वास्थ्य सहयोग दिने भएको छ । अहिले त्यस क्षेत्रका अधिकांश देशमा इद पर्व चलिरहेकाले केही ढिलाइ भएको तर छिट्टै नै मध्यपूर्वका नेपालका मित्र राष्ट्रले स्वास्थ्य सहयोग पठाउने प्रतिबद्धता आइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ । युरोपियन युनियन र स्पेनले पनि नेपाललाई कोरोना महामारीसँग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।