खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – शेयर बजार काराेबार मापक नेप्से परिसूचक बिहीवार (आज) ६ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ६ दशमलव ३७ अङ्कले बढेर दुई हजार सात सय ८७ दशमलव १८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज ६ वटा समूहको सूचक बढेको छ भने ८ वटा समूहको सूचक घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक एक सय १३ दशमलव ४४ अङ्कले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ७८ दशमलव ८५ अङ्कले घटेको छ ।
आज नाै अर्ब ३० करोड रुपैयाँभन्दा धेरैकाे दुई करोड एक लाख कित्ता शेयर किनबेच भएकाे छ । नेपाल रिइन्स्योरेन्स लिमिटेडको आज सबैभन्दा धेरै ३४ करोड ७० लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ ।
आज गुडविल फाइनान्स कम्पनी लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत बढेको छ । पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य भने साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।