बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याउँ, संविधान चाहिँ जोगाऔँ - डा. भट्टराई

 जेठ ७, २०७८ शुक्रबार ९:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संविधानको संरक्षणका लागि ढिलो नगरि वैकल्पिक सरकार बनाउन आग्रह गर्नुभएको छ ।

भट्टराईले ट्वीट गर्दै बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याएर भए पनि संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ । 

 

डा. भट्टराईले लेख्नुभएको छ ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौँ । सबैले आवश्यक त्याग/बलिदान गरौँ । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ ! आजै गरौँ, अहिल्यै गरौँ ! वीपी/पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ! ’

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया