जसपा संसदीय दलको बैठक चल्दै, भट्टराई-यादव पक्ष अनुपस्थित

 जेठ ७, २०७८ शुक्रबार १०:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बसिरहेको छ ।

सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा चलिरहेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित छन् ।

बैठकले नयाँ सरकार गठनको बारेमा निर्णय गर्ने सम्भावना छ । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई नै समर्थन गर्ने या आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भन्ने अन्योलमा रहेको जसपाको संसदीय दलको बैठकले खास निर्णय गर्ने सम्भावना छ । तर बैठकबारे आफूहरुलाई थाहा नै नभएको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदको भनाइ छ ।

जसपामा संसदीय दलको नेता चुन्ने विधान नै नबनिसकेको अवस्था ठाकुर-महतो पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । जसपासँग ३२ जना सांसद रहेका छन् ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया