हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा विराटनगरबाट तीन जना पक्राउ

 जेठ ७, २०७८ शुक्रबार १३:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा विराटनगरबाट तीन जना पक्राउ परेका छन् ।

मोरङको विराटनगर महानगरपालिका-११ बाट २१ लाख रुपैयाँभन्दा बढी रकमसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा  विराटनगर-१३ का २५ वर्षका श्रवण साह र ३३ वर्षका अमृतकुमार साह सुडी तथा रंगेली नगरपालिका-१ की २५ वर्षकी जिज्ञासा चौधरी रहेका प्रहरीले जनाएको छ ।

साह र चौधरीको साथबाट २१ लाख ७१ हजार पाँच सय र भारतीय २३ हजार रुपैयाँ तथा विभिन्न बैंकका चेकहरु बरामद गरेको एसपी सन्तोष खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया