घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शुक्रवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर नयाँ सरकार बनाउन आग्रह गरेको तर देउवाले कुनै प्रतिक्रिया नदिएको बताउनुभएको छ ।
बालुवाटारमा भएकाे पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले देउवाजीलाई फोन गरेर नयाँ सरकार बनाउनुहोस्, म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छु भनेँ तर उहाँले प्रतिक्रिया दिनुभएन, यस्तै उपयुक्त विकल्प दिनुहोस् म सहयोग गर्नका लागि विचार गर्छु पनि भने, त्यस्तै आउनुहोस् राष्ट्रिय सहमतिको सरकार बनाएर अहिलेको सङ्कटलाई पार लगाऔँ भनेँ त्यसमा पनि उहाँले मान्नुभएन ।’
अहिले देशको राजनीतिलाई विभाजनमा लैजाने मात्रै कुरा भइरहेको भन्दै ओलीले आफ्नै दलका नेता माधवकुमार नेपाल, माओवादी केन्द्र र नेपाली कांग्रेसप्रति आक्रोश व्यक्त गर्नुभयो । राजनीतिलाई विभाजनमा लैजाने मात्रै कुरा नगर्नुस् उपयुक्त विकल्प दिनुहोस् भनेँ, त्यो सक्नुभएन । उहाँहरूले राजनीतिलाई विवादमा लैजान खोज्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।