‘अक्सिजन र खाेपका लागि जतिसुकै बजेट लागे पनि ल्याउन सरकार प्रतिबद्ध छ’

 जेठ ७, २०७८ शुक्रबार १४:५६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधानमन्त्री तथा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक ईश्वर पोखरेलले छिमेकी देश भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको बताउनुभएको छ । 

शुक्रवार काठमाण्डाै महानगरपालिकाको सहयोगमा राधास्वामी सत्सङ्ग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा सामाखुशीमा स्थापना भएको थेरापीसहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी देश भारत र चीनलगायतका देशबाट अक्सिजनलगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको बताउनुभएको हो । उहाँले अक्सिजन र खाेपका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट भए पनि ल्याउने र जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अक्सिजन र भ्याक्सिनका लागि जीटुजीबाट लिए पनि, बीटुबीबाट लिए पनि, जुनसुकै तरिकाबाट लिए पनि नागरिककाे स्वास्थ्य रक्षा गर्ने पहिलो कुरा हो । त्यसमा जतिसुकै बजेट लागोस् । जहाँसुकै भन्नु परोस् । सरकारको प्राथमिकता हो । अक्सिजन छिमेकी देश भारत सरकारबाट, भारत सरकारका प्रधानमन्त्रीसँग कुराकानी गरेर अहिले प्राप्त हुन थालेको छ । चीनबाट पनि अक्सिजन भरिएका सिलिन्डर हामीले प्राप्त गर्न थालेका छौँ । निजी क्षेत्रलाई पनि ल्याउनका लागि जसरी सहजता हुन्छ त्यो सहज गराउन कोसिस गरिन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले विभिन्न विदेशी देशबाट स्वास्थ्य सामग्री सहयोग आएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकताका आधारमा वितरण गर्ने बताउनुभयो । काठमाण्डाैकाे सामाखुशीमा काठमाण्डाै महानरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्सङ्ग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा ८८ बेडको थेरापीसहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ ।

अक्सिजन केन्द्रले अस्पतालमा अक्सिजनको अभावमा रहेका बिरामीलाई बचाउनका निम्ति काम गर्ने नेपाली सेनाका महासेनानी डाक्टर सुमनलाल डंगोलले बताउनुभयो । केन्द्रमा अरू स्वास्थ्य अवस्था ठिक भएका तर अक्सिजन चाहिने बिरामीलाई अस्पतालले रिफर गरेअनुसार थेरापीमार्फत अक्सिजन दिइने उहाँले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया