नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल औषधि उत्पादक सङ्घ नेपालले प्यारासिटामोल लगायतका औषधि पर्याप्त रहेको बताएको छ । बजारमा सिटामोल समेत नपाएको खबर आएको भन्दै सङ्घले अहिले औषधि अभाव नभइ ढुवानी तथा कुरियरमा समस्या आउँदा केही ठाउँमा अभाव देखिएको र वितरणलाई सुधार गर्ने पहल भइरहेको बताएको छ ।
(बिहीवार) हिजोसम्मको विज्ञप्ति निकालेर मौज्दात हेर्दा कुनै पनि औषधिको अभाव नभएको भन्दै अनावश्यक खरिद र भण्डारण नगर्न बिक्रेता तथा उपभोक्ताहरूलाई सङ्घले आग्रह गरेको छ ।
साथै अहिले कुनै पनि औषधिको मूल्य नबढाएकाले बढी मूल्यमा किनबेच नगर्नसमेत सङ्घले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।