बझाङमा खोलाले बगाउँदा बालिकाको ज्यान गयो

 जेठ ८, २०७८ शनिबार १२:९:९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ ।

बाउली खोलाले बगाउँदा सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ वर्षीया कविता बोहराको ज्यान गएको हो । यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा चिप्लिएर खोलामा खसेकी प्रहरीले जनाएको छ । हिजो दिउँसो खोलामा खसेकी बोहराको बिहान धौलीपैरीमा शव भेटिएको हो ।

केही दिन अघि परेको वर्षाका कारण हिमपात भएपछि उनीहरु घर फर्किएका थिए ।

अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया