ज्वरो र रुघा देखिनासाथ कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको आग्रह

 जेठ ९, २०७८ आइतबार ८:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

रुघा र ज्वरो मात्रै भएकालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै उनीहरुले यस्ता समस्या देखिएमा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको अनुरोध छ ।

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ संस्थाले गरेको भर्चुअल छलफलमा त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तकुमार दासले नयाँ भेरियन्टको कोरोना भाइरस जोखिमपूर्ण भएकाले समयमै जाँच र उपचार गर्न आग्रह गर्नुभयो ।

सामान्य लक्षण हुँदै उपचार गराएमा निको हुने तर समस्या बढेपछि बचाउननै गाह्रो पर्ने भएकाले रुघाखोकी वा ज्वरो त हो भनेर नबस्न उहाँको सुझाव छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने डाक्टरको अनुभव छ ।

पहिलो चरणमा कोरोनाले युवालाई कम प्रभाव पारेकोमा दोस्रो चरणमा धेरै युवालाई समस्यामा पारेको छ । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

बिरामीले आफैँ औषधि किनेर खाने नगरि चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिनुभएको छ । प्रशस्त मात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उहाँले सल्लाह दिनुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया