घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
ताप्लेजुङ – ताप्लेजुङको मैयाँखोलाका १७ वर्षीय किशाेर साेनाम शेर्पा हिउँ जोगाउन आह्वान गर्दै सगरमाथाको शिखरमा पुग्नुभएको छ । शेर्पा आफ्नै बाबु पीके शेर्पाका साथ आइतवार बिहान सगरमाथाको शिखरमा पुग्नुभएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
शेर्पा बाबुछोरा लामो समयदेखि हिउँ जोगाउन आह्वान गर्दै विश्वव्यापी अभियानमा संलग्न हुनुहुन्छ । ‘पृथ्वी जोगाउन जङ्गल र हिउँ जोगाउन आवश्यक छ’, यही कुरा विश्वलाई सुनाउन र सरोकारवालालाई झकझकाउन आफूहरू सगरमाथा आरोहणमा निस्किएको पिके शेर्पाले आरोहणमा जानुअघि बताउनुभएको छ ।
पिके शेर्पा सगरमाथाको अनुभवी आरोही हुनुहुन्छ । उहाँले हिमाल सरसफाइ तथा हिउँ जोगाउने अभियान चलाइरहनुभएको छ । बाबुकै पाइला पछ्याउँदै सोनाम पनि सगरमाथा आरोहणमा जानुभएको हो ।
बाबुछोराले विश्वका सबै महादेशका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य लिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।