काेराेना सङ्क्रमणबाट थप १ सय ९३ जनाकाे ज्यान गयाे, ७ हजार नाै सय १४ सङ्क्रमित थपिए

 जेठ ९, २०७८ आइतबार १६:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट थप सय ९३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार नौ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १८ हजार नौ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ९८ जना र नौ सय ६१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा काेराेना पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख १३ हजार दुई सय ४१ पुगेकाे छ ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार आठ सय २१ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६४ जना निको भएका छन् । याेसँगै निकाे हुने सङ्ख्या तीन लाख ९१ हजार तीन सय ४८ पुगेकाे छ ।

अहिले नेपालमा एक लाख १५ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।   

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया