महोत्तरीको सीमा नाकामा भारतीयहरुको ढुङ्गामुढा, एक प्रहरी जवान घाइते

 जेठ १०, २०७८ सोमबार १०:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - महोत्तरीको मटिहानी नगरपालिका-८ नेपाल-भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीहरुबीच विवाद हुँदा झडप भएको छ ।

झडप हुँदा प्रहरी जवान विवेक ढकालको टाउकोमा चोट लागेको छ भने उनकाे पोसाक समेत च्यातिएको छ । मटिहानीमा रहेको २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरेका प्रहरी निरीक्षक बलराम गौतमले बताउनुभयो ।

गएराति ८ बजे जाँडरक्सी पिएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीमाथि ढुङ्गामुढा गरेका उहाँले बताउनुभयो । सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको भारतीय पक्षको आरोप छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर ढुङ्गामुढा गरेको बताएका छन् ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया