एमाले स्थायी कमिटी बैठक बस्दै

 जेठ १०, २०७८ सोमबार ११:४७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

उहाँले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दाबीसहित सर्वोच्च अदालतमा दायर गर्ने भनिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताउनुभयो । गएको ८ गते बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । आजसम्ममा स्पष्टीकरण दिन समयसीमा तोकिएको छ ।

नेकपा एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल-नेपाल समूहका नेता भीम रावलको भनाइ छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया