नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन

 जेठ १०, २०७८ सोमबार १३:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन भएको छ ।

उहाँको उपचारका क्रममा गएराति निधन भएको बानिरा फाउण्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो।

लामो समयदेखि मधुमेहको समस्या भाेग्नु भएकी गिरी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । उहाँको काठमाण्डाै नयाँ बानेश्वरको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रसाईँले जानकारी दिनुभयो ।

गिरीलाई कोरोना भाइरसको सङ्क्रमण पनि भएको थियो । २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा जन्मिएकी डा.गिरी छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न काठमाण्डाै आउनु भएको थियो । उहाँ २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आबद्ध हुनुहुन्थ्यो ।

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक भएपछि  उहाँले २०४२ सालमा पीएचडी गर्नु भएको थियो । डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । गिरीका श्रीमान, एक छोरी र एक छोरा छन् ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया