काठमाण्डाैमा काेभिड १९ सम्बन्धी अध्यादेश उल्लङ्घन गर्नेलाई १ वर्षसम्म कैद र ५ लाखसम्म जरिबाना

 जेठ १०, २०७८ सोमबार १५:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले साेमवार विज्ञप्ति निकालेर अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुने जानकारी गराएको हो ।

अध्यादेशअनुसार जारी भएको मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ वा दुवै सजाय हुन सक्ने समेत जिल्ला प्रशासनले जनाएको छ ।

यस्तै कुनै व्यक्तिले आदेश उल्लङ्घन गरेको पाइए एक लाख रुपैयाँसम्म जरिबाना हुने र कुनै संस्थाले आदेश उल्लङ्घन गरेको पाइए पाँच लाख रुपैयाँसम्म जरिबाना हुने सूचनामा भनिएको छ । यो जरिबाना तोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । 

यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकै पिच्छे दुई सय रुपैयाँ, अत्यावश्यकबाहेकका सवारी साधन चलाएमा दुई पाङ्ग्रे सवारी साधन भए पटकैपिच्छे दुई हजार रुपैयाँ, अरू गाडी भए पटकैपिच्छे पाँच हजार रुपैयाँ जरिबाना गराइने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विज्ञप्तिमार्फत भन्नुभएको छ ।

यस्तै अध्यादेशको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्म बन्द गर्न आदेश दिन सक्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया