खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – शेयर बजार काराेबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा आज (साेमवार) नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
यस्तै आज १३ अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यो एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार हो । आज १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बराबरका दुई करोड ७१ लाख कित्ता शेयर किनबेच भएको छ । यसअघिको ११ अर्ब ५५ करोड रुपैयाँको रेकर्ड आज एक हप्तामै तोडिएको हो । सबैभन्दा धेरै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको एक अर्ब २६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
आज वरुण हाइड्रोपावर, युनाइटेड मर्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्सको शेयर मूल्य भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।