स्वास्थ्य सामग्री खरिद गर्न थप १२ अस्पतालमा रकम निकासा

 जेठ ११, २०७८ मंगलबार ८:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले स्वास्थ्य सामग्री खरिद गर्न थप १२ अस्पतालमा रकम निकासा गरेको छ । कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न रकम निकासा भएको हो ।

अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्याङ्क, एचडीयू जडान र पीसीआर मेसिन खरिद लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेकाे हो । त्रिवि शिक्षण अस्पतालका लागि ८० लाख, सिन्धुपाल्चोकको जिल्ला अस्पताल चौताराका लागि ७५ लाख,  जिल्ला अस्पताल दैलेखमा ७५ लाख,  जिल्ला अस्पताल धनकुटामा ७५ लाख, महोत्तरीको जिल्ला अस्पताल जलेश्वरका लागि ७५ लाख, जिल्ला अस्पताल इलाममा ७५ लाख रुपैयाँ निकासा भएकाे हाे। 

यस्तै जिल्ला अस्पताल सङ्खुवासभामा ८० लाख, रामेछाप अस्पतालमा ७५ लाख,  चौरजहारी अस्पताल रुकुम पश्चिममा ७५ लाख, टिकापुर अस्पताल कैलालीमा ७५ लाख, ओखलढुङ्गा अस्पतालमा २५ लाख र तनहुँको व्यास अस्पतालका लागि  २५ लाख रुपैयाँ निकासा भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुसार अर्थ मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया