कोरोनाको दोस्रो लहरले अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको छ : गभर्नर अधिकारी

 जेठ ११, २०७८ मंगलबार १०:५८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीको दोस्रो लहरले अर्थतन्त्र अनिश्चितता बढेको हुँदा थप चुनौती थपिएको बताउनुभएको छ । एसियन क्लियरिङ युनियन सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र बिस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै गरेको अवस्थामा दोस्रो लहर आएकाले देशको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिएको बताउनुभयो।

अर्थतन्त्रको पुनरुत्थानको लागि थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी गभर्नर अधिकारीले दिनुभयो । तरलताको सहजीकरण, ब्याजदर कटौती, अतिरिक्त चालु पूँजी कर्जाको सुविधा, कर्जाको पुनर्तालिकीकरण, कर्जाको साँवा/ब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको जानकारी उहाँले दिनुभयो ।

गभर्नर अधिकारीले विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गर्दै नगदरहित कारोबारलाई स्थापित गर्ने दिशातर्फ अग्रसर भइरहेको जानकारी दिँदै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, क्यूआर कोड, कनेक्ट आईपीएस लगायतका विद्युतीय माध्यमबाट उत्साहजनक कारोबार भएको बताउनुभयो ।

रिजर्भ बैंक अफ इण्डियाले भर्चुअल बैठक आयोजना गरेको हो । एसियन क्लियरिङ युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी नौ देशका केन्द्रिय बैंकहरू आबद्ध छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया