सुदूरपश्चिम सरकार : एमालेका मन्त्री फिर्ता नहुने सङ्केत

 जेठ ११, २०७८ मंगलबार ११:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मन्त्रीहरुले फिर्ता नहुने सङ्केत गरेका छन् । माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टले आफूहरु फिर्ता नहुने सङ्केत गरेका हुन् ।

उनीहरु तीनैजना एमालेको माधव नेपाल समूहका हुन् । एमालेको प्रदेश कमिटीले गएको चैत १५ गते नै सरकारबाट बाहिरिने निर्णय गरेको भए पनि मन्त्रीहरु फिर्ता भएका थिएनन् । अहिले केन्द्रमा पार्टी नै विभाजनको सङ्घारमा रहेकोले केन्द्रको निर्णय मान्नैपर्छ भन्ने नरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेसम्म आधिकारिक निर्देशन त आएको छैन, आएपछि पनि मान्नैपर्छ भन्ने अवस्था छैन।’ ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एमालेका मात्रै २५ सांसद छन् । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का दुई जना सांसद छन् ।

एमालेको माधव पक्षले प्रदेश सरकारलाई समर्थन यथावत राखे मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिने देखिएको छ । अहिलेसम्म एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये ६ जना मात्रै ओली पक्षमा खुलेका छन् । माओवादीलाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन वा अहिलेकै सरकार टिकाउन अरु दलका  १४ जना सांसदको समर्थन आवश्यक छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया