घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गर्दै हुनुहुन्छ । पछिल्लो राजनीतिक अवस्थाको विषयमा परामर्श लिनका लागि सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उहाँले पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।
गएकाे शुक्रवार मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको सभामुख सापकाेटाले बताउनुभएको छ । सापकोटाले फेरि एक पल्ट, राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू, माननीय सांसदहरू, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत तथा सम्बद्ध सबै पक्षलाई एकजुट हुन आग्रह गर्नुभएको थियाे ।
अहिले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने माग गर्दै २४ रिट निवेदन दर्ता भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।