घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधि सभा विघटनका विषयमा परेका रिटमाथि आउँदाे १३ गते बिहीवारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेका रिटमध्ये अन्तरिम आदेशको माग राख्दै दर्ता भएका १९ वटा रिटको पेसी बिहीवारका लागि तोकिएको छ ।
यस्तै संवैधानिक इजलासमा जाने ११ वटा रिटको पेसी शुक्रवारका लागि तोकिएको छ । विपक्षी दलले दर्ता गराएका र अन्य केही रिटमा सिधै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएकाले सिधै संवैधानिक इजलासमै सुनुवाइ सुरु हुनेछ ।
३० वटा रिटमध्ये २६ वटा प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको छ, चार वटा भने प्रधानमन्त्रीको कदम ठिक भएको चुनाव हुनुपर्ने माग गर्दै दर्ता भएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका विपक्षी दलले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेर पनि रिट दर्ता गराएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ भने सर्वोच्चमा पनि रिट परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।