घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा थप कडाइसहित जेठ २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएकाे छ । मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेकाे हाे ।
काठमाण्डौ उपत्यकामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कोही पनि घरबाहिर निस्कन नपाउने र बिहान, बेलुकाको हिँडडुल पनि बन्द गरिएको छ ।
यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, दोहोरी, फुटसल, जिमखाना र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ ।
विवाह, व्रतबन्धको हकमा बढीमा सात जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आफ्नो घर वा बसेको ठाउँमा मात्र गर्न पाइनेछ ।
यस्तै पुजारीबाट हुने नित्य पूजाबाहेकका सबै धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।
तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी र ग्यास पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाइनेछ । खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्टल स्टोरलगायत भने खोल्न पाइने छैन ।
जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायबाट यसअघि जारी गरिएका सबै पास रद्द गर्ने पनि आदेशमा उल्लेख छ ।
यस्तो छ आदेश–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।