खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा बर्सेनि अस्थायी बेलिब्रिज राखिँदै हटाइँदै

 जेठ १२, २०७८ बुधबार १५:७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङ र उदयपुर जोड्ने सुनकोशीमा रहेको फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाउन थालिएको छ । खोटाङलाई पूर्वी सहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका ५ आँपटार जोड्ने सुनकोशीमा रहेको फोक्सिङटारमा गएको मङ्सिर २८ गतेदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज खोल्न सुरु गरिएको हो ।

गाईघाट–दिक्तेल सडक आयोजनाको झन्डै ८४ लाख रुपैयाँमा बेलिब्रिज राख्ने, हटाउने र सामान स्टोर गर्ने ठेक्का लिएको रेग्मी निर्माण सेवा गाईघाटले झन्डै हप्ता÷दश दिनमा बेलिब्रिज हटाइ सक्ने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो । 

एक सय एक किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने ५० मिटर लम्बाइ भएको बेलिब्रिज हटाइए पछि कम्तीमा ६ महिनाका लागि दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, विराटनगर लगायतका सहर जाने दोस्रो र छोटो बाटो बन्द हुने छ ।  

फोक्सिङटारमा निर्माणाधीन पक्की आर्क डिजाइनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि यस ठाउँमा गएको ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ । म्याद सकिएकाे वर्षाैँ बित्दा समेत पक्की पुल निर्माणको काम पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारको बर्सेनि करोडौँ खर्च भइरहेको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया