अक्सिजन सिलिन्डर समयमै फिर्ता गरिदिनुस् : स्वास्थ्य मन्त्रालय

 जेठ १२, २०७८ बुधबार १४:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको  छ । समयमा सिलिन्डर फिर्ता नहुँदा अवस्था झनै विकराल बन्दै जाने भएकाले समयमा नै सम्बन्धित उद्योगमा फिर्ता गर्न आग्रह गरिएको हो ।

अक्सिजन सिलिन्डर त्यसै थन्काएर राख्दा अस्पतालमा सघन उपचाररत सङ्क्रमितलाई अप्ठ्यारो हुन जाने भएकाले यस विषयमा सबैलाई संवेदनशील बनिदिन पनि स्वास्थय मन्त्रालयले आग्रह गरेको छ ।

याे सङ्क्रमणकाे महामारीकाे समयमा अक्सिजन जस्ताे औषधीय विषयमा प्राविधिक ज्ञान र विकेकभन्दा बाहिर गएर निर्णय गर्ने/गराउने कार्यलाई बन्द गराउन तथा अस्पतालकाे आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयकाे व्यवस्थापनका लागि सम्बन्धित सबैमा मन्त्रालय सार्वजनिक अनुराेध गर्दछ मन्त्रालयले विज्ञप्तिमा भनेकाे छ ।

यस्तै,  एउटा उद्योगका अक्सिजन सिलिन्डर अन्त प्रयोग हुने क्रम बढिरहेको भन्दै त्यसो नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका अक्सिजन सिलिन्डर समयमा नै अक्सिजन उत्पादक कम्पनी तथा अस्पतालमा पुर्‍याउन मन्त्रालयको अनुरोध छ ।

मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् । सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले नाै सय अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिन्डर ल्याएको छ । मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतबाट आयात गरिरहेको छ  ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया