भारतीय समकक्षीलाई राष्ट्रपति भण्डारीकाे पत्र : खाेप उपलब्ध गराउन पहल गरिदिनुहाेस्

 जेठ १२, २०७८ बुधबार १८:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई काेराेना भाइरसविरुद्धकाे खाेप उपलब्ध गराउनका लागि पहल गरिदिन भारतीय राष्ट्रपति रामनाथ काेविन्दलाई पत्र पठाउनुभएकाे छ । 

राष्ट्रपति भण्डारीले कुटनीतिक माध्यममार्फत भारतका राष्ट्रपति कोविन्दलाई नेपालमा खोप उपलब्ध गराउनको लागि पहल गर्न आग्रह गरेको उहाँकाे सचिवालयले जनाएको छ । 

पत्रमा राष्ट्रपति भण्डारीले नेपालमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भारतले गरेको सहयोगलाई लिएर धन्यवाद दिँदै तत्काल खोप उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले आज एकै दिन दुई छिमेकी देशका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति जिनपिङसँग झन्डै पौने एक घण्टा टेलिफोनमा कुराकानी गर्नुभएको थियो ।   

टेलिफाेनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई अनुदान सहायतामा १० लाख डाेज खाेप उपलब्ध गराउने घाेषणा गराउनुभएकाे छ ।    

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया