योगेश भट्टराईसहित खनाल–नेपाल समूहका १५ नेताको अपिल : ‘केपी ओलीको कदमविरुद्ध डटेर सङ्घर्ष गरौँ’

 जेठ १२, २०७८ बुधबार १८:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको खनाल–नेपाल समूहका १५ जना नेताले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको कदमविरुद्ध एकता र सहकार्यसहित सङ्घर्ष गर्न अपिल गरेका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराईलगायतले संयुक्त विज्ञप्ति निकालेर ओलीको स्वेच्छाचारी, निरङ्कुश र प्रतिगमनकारी कदमविरुद्ध सबै वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध सङ्घर्ष र सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।

उनीहरूले राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा एक हुने बेला आएको समेत बताएका छन् । नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लङ्घन गर्दै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी स्वयम् अवैध अध्यक्ष बन्नुभएका ओलीबाट एकपछि अर्को स्वेच्छाचारी काम भइरहेको नेताहरूको भनाइ छ ।  

केही समयअघि गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्ण पाठ नआउँदै फेरि प्रतिनिधि सभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएकाले त्यसको विरोधमा आवाज उठाउनु सबैको कर्तव्य भएको उनीहरूले संयुक्त विज्ञप्तिमार्फत भनेका छन् । 

झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल र पदेन स्थायी कमिटी सदस्यद्वय अमृतकुमार बोहरा र प्रमेश हमालले संयुक्त विज्ञप्ति निकालेका हुन् । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया