प्रधानमन्त्री ओलीद्वारा बालुवाटारमा रहेकाे बुद्ध प्रतिमामा माल्यार्पण

 जेठ १२, २०७८ बुधबार २०:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा रहेकाे गाैतम बुद्ध प्रतिमामा माल्यार्पण गर्नुभएकाे छ । बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नाे सरकारी निवास बालुवाटारमा रहेकाे बुद्धकाे प्रतिमामा माल्यार्पण गर्नुभएकाे हाे । 

यसैबीच बुधवार बिहान प्रधानमन्त्री ओलीले बुद्ध जयन्ती र बुद्ध महापरिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा शुभकामना दिँदै गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय देशका पाठ्यक्रममा यसबारे गलत जानकारी रहेको भए सच्याउन आग्रह गर्नुभएको थियाे ।

यस्तै आज देशभर २५६५ औँ बुद्ध जयन्ती मनाइएकाे छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाएका छन् ।

सरकारले बुद्ध जयन्तीका दिन देशभर सार्वजनिक बिदा दिँदै आएको छ ।  

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकारकाे फेसबुकबाट

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया