घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुर महानगरपालिकाले कोरोना सङ्क्रमितहरु घरकै आइसोलेशनमा बस्दा जोखिम हुन सक्ने भन्दै नगरपालिकाले व्यवस्था गरेको आइसोलेशनमा बस्न आग्रह गरेको छ ।
मेयर चिरिबाबु महर्जनले प्रेस विज्ञप्ति निकालेर घरको आइसोलेशनमा बस्दा स्वयम् सङ्क्रमित, परिवार र समुदायलाई जोखिम हुने भएकाले वडा तथा नगरपालिकामा सम्पर्क गरी नगरपालिकाको आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गर्न आग्रह गर्नुभएको छ । घरमा शौचालय, कोठा, स्वास्थ्यकर्मीको निगरानीलगायत आवश्यक व्यवस्थापन भएमा मात्रै घरमा बस्न अन्यथा जोखिम नमोल्न उहाँको आग्रह छ ।
महानगरपालिकाले वडा नम्बर ६ सुनाकोठीमा ५० शय्या र वडा नम्बर ४ बागडोलमा एक सय १० शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ । आइसोलेशनमा अक्सिजनसहित स्वास्थ्यकर्मीको निगरानी र पोषणविद्को सल्लाहअनुसारको खाना, खाजा नि:शुल्क उपलब्ध गराउने पनि महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले आवश्यकता अनुसार आइसोलेशन तथा उपचारको व्यवस्था गरेको जानकारी दिँदै स्वास्थ्यका मापदण्ड पालना गरेर सकेसम्म सङ्क्रमण हुन नदिन पहल गर्न सबैलाई आग्रह गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Nir Bahadur Khadka
May 27, 2021, 9:09 a.m.हजुर दर्शन नमस्कार आदरणीय अग्रजहरुमा🙏🙏ललितपुर जिल्लामा महानगरपालिकाले निशुल्क खाना र आइसोलेशनको ब्यबस्थापन गरेर हुदैन हजुर प्रत्येको घर घरमा गएर जानकारी लिनु पर्छ को कस्तो अबस्थामा छन भनेर बुझ्नु पर्छ अनि पो राम्रो हुन्छ कति पय भोकै बसेका होलान ।