घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – बङ्गालको खाडीमा विकास भएको 'यास्' नामको चक्रवात न्यून चापीय क्षेत्रमा परिणत भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीवार (आज) विशेष बुलेटिन निकालेर चक्रवात कमजोर भइ न्यून चापीय क्षेत्रको रूपमा परिणत भएको र यसको असर नेपालमा केही दिन पर्ने जनाएको छ ।
चक्रवातको प्रभावले शनिवारसम्म केही ठाउँमा ठूलो पानी तथा हिमाली क्षेत्रमा हावाहुरीसहित हिमपात हुने सम्भावना रहेकोले सचेत रहन विभागले आग्रह गरेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले जनाएका छन् ।
‘यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च वेगको हावाहुरीसमेत चल्न सक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्न र नगराउनु हुन अनुरोध छ’, विभागले भनेकाे छ ।
यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो तथा डुबान जस्ता विपद्का घटना हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यस्तै प्राधिकरणले पर्वतारोहणमा गएकाहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।