खिमलाल देवकोटाले दिउँसो १ बजे शपथ लिने

 जेठ १४, २०७८ शुक्रबार १२:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आज शपथ ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि यही जेठ ६ गते उपचुनाव भएको थियो । 

रिक्त रहेको ठाउँमा उपचुनावमा नेकपा एमालेले आधिकारिक उम्मेदवार थापालाई नै बनाएको थियो । तर कलम चिह्न लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका देवकोटा निर्वाचित हुनुभएको हो । 

देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एमालेको खनाल–नेपाल समूहका जनप्रतिनिधिहरुले भोट हालेका थिए । दिउँसो १ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभाका सदस्यमा निर्वाचित देवकोटालाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया