पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा झन्डै १० हजार जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा नाै हजार आठ सय ४१ जनाले कोरोनालाई जितेका छन् । एकै दिन सङ्क्रमणमुक्त हुनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
अहिले सङ्क्रमण निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ । योसँगै काेराेना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या चार लाख २८ हजार ६ सय ७० पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ६ हजार नाै सय ५१ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिमार्फत १९ हजार तीन सय १३ जनाको परीक्षण गर्दा ६ हजार आठ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेनमार्फत सात सय ९७ जनाको परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच लाख ४९ हजार एक सय ११ पुगेको छ ।
यसैगरी काेराेना सङ्क्रमणका कारण थप ९६ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या सात हजार ४७ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार तीन सय ९४ जना सक्रिय सङ्क्रमित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।