चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - विश्वमा हरित वृद्धी र वातावरण अनुकूल व्यवहारबारे विश्वका चार प्रभावशाली देशका नेताहरुबीच सम्मेलन हुने भएको छ । दक्षिण कोरियाले आयोजना गर्न लागेको अनलाइन सम्मेलनमा जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने समाचारसंस्था एएनआइले जनाएको छ ।
यस्तै अमेरिका र चीनकातर्फबाट सम्बन्धित राष्ट्रपतिका जलवायु तथा वातावरण सम्बन्धी प्रतिनिधिहरु सहभागी हुनेछन् । आइतवार र सोमवार हुने सम्मेलनमा चार देशका कार्यकारी प्रमुखसँगै ६० जनाभन्दा बढी नेता र उच्च तहका सरकारी अधिकारीहरु पनि सहभागी हुने जनाइएको छ ।
जलवायु परिवर्तनका असरसँगै कोरोना महामारी र विश्वव्यापी कृत्रिम अक्सिजन माग बढिरहेका बेला यो सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हरित वृद्धि र विश्व लक्ष्यका लागि सहभागिता (पी फोर जी) विश्वभरि वातावरण तथा अर्थमैत्री दिगोवृद्धिका लागि सहयोग गर्ने उद्देश्यले बनाइएको अन्तर्राष्ट्रिय मञ्च हो ।
यसको पहिलो सम्मेलन सन् २०१८ मा डेनमार्कमा भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।