एक सयभन्दा बढी बेड भएका अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट अनिवार्य

 जेठ १५, २०७८ शनिबार १६:४४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले एक सयभन्दा बढी बेड भएका अस्पतालमा अनिवार्य आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने व्यवस्था गरेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराउनुभएको छ ।

यस्तै सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ ।  यस्तै सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गर्दा लाग्ने लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने पनि बजेटमा उल्लेख छ ।

यस्तै कोरोना महामारीको अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरूलाई ५० प्रतिशत छुट दिने अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । 

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया