कोरोनाविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियाेजन

 जेठ १५, २०७८ शनिबार १७:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोनाविरुद्धको खोप किन्नको लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोराेनाको परीक्षण र उपचार निःशुल्क गरिने घोषणा पनि गर्नुभयो । कोरोना नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोना सङ्क्रमितको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको मातहत कार्यन्वयनमा ल्याइने बजेटमा उल्लेख छ ।

त्यस्तै कोराेना उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रदान गरिने जोखिम भत्ता लगायतका अरु सुविधा सङ्क्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तरता दिइएको पनि अर्थमन्त्रीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया