४० माइक्रोनभन्दा पातलाे प्लाष्टिक प्रयोगमा प्रतिबन्ध

 जेठ १५, २०७८ शनिबार १७:४५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै आउँदो साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा पूर्ण रुपमा प्रतिबन्ध गरिएको जानकारी दिनुभयो । उहाँले प्लाष्टिकको झोलाको सट्टा सत्ली, जुट र कागजको झोलाको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

४० मइक्रोनकोभन्दा पातलो प्लाष्टिक उत्पादन गर्ने उद्योगहरुमा पुराना पाट पुर्जा हटाएर नयाँ जडान गरेर स्तरोन्नती गर्नका लागि पूँजीगत अनुदान उपलब्ध गराइने बजेटमा उल्लेख छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया