हिमालको पानी विदेश पठाइने, बालुवा निर्यात गरेर व्यापार घाटा कम गरिने

 जेठ १५, २०७८ शनिबार १७:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले नेपालका मौलिक उत्पादनको निर्यातलाई जोड दिने भएको छ । आउँदो आर्थिक वर्षको बजेटमा अलैँची, चिया, कफी लगायत मौलिक उत्पादनलाई निकास प्रवर्द्धन गरिने उल्लेख छ ।

यस्तै नेपालको हिमालको पानीलाई प्रशोधन गरेर विदेश निर्यात गर्न निजी क्षेत्रलाई हौसला दिने उल्लेख छ । यस्तै नदीजन्य पदार्थ निर्यात गरेर व्यापार घाटा कम गरिने बजेटमा उल्लेख छ । बालुटा, ढुङ्गा र गिटीको निर्यात गर्न प्रोत्साहन र छुट दिने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । 

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया