कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति

 जेठ १५, २०७८ शनिबार १७:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोनाबाट ज्यान गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिनुभएको हो । यस्तै सरकारले १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ ।

आउँदो दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने र नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि अर्थमन्त्रीले जानकारी दिनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेटमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई बिस्तार गरेर कक्षा कोठा, प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याब, खेल मैदान र खेल सामाग्रीको व्यवस्था गरिने जानकारी पनि अर्थमन्त्री पौडेलले दिनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ram Autar

    May 29, 2021, 6:16 p.m.

    Thanks to KP government

  •  0 Reply

तपाईको प्रतिक्रिया