दुई वर्षभित्र सबै पालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने दाबी

 जेठ १५, २०७८ शनिबार १८:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो दुई वर्षभित्र सबै पालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने दाबी गरेको छ ।

सरकारले आउँदो आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो दाबी गरेको हो । बजेटमा मलेरिया, क्षयरोग, एड्स तथा एचआईभी र कुष्ठरोग नियन्त्रणका लागि एक खर्ब ४६ करोड विनियोजन गरिएको छ । विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, मस्तिष्कघात, सिकलसेल लगायतका रोगमा निःशुल्क औषधि उपचार गर्न दुई अर्ब ५० करोड विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

सबै जिल्ला अस्पतालमा प्रसूति र नवजात शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया