घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ – पक्षीमा रानीखेत, बर्डफ्लुलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिन थालेको छ । बर्ड फ्लु, रानीखेतलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिएकाले नियन्त्रणमा समस्या भइरहेको विज्ञहरुले बताएका छन् ।
पछिल्लो समय रानीखेतका नयाँ भेरियन्टहरु देखिएकाले भ्याक्सिन लगाउँदासमेत सङ्क्रमण नियन्त्रण गर्न समस्या भइरहेको पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
अहिले नयाँ भेरियन्टबारे थप अनुसन्धान गर्न विभागका उपमहानिर्देशक डाक्टर रामनन्दन तिवारीको नेतृत्वमा समिति बनाएर काम भइरहेको छ । समितिमा व्यवसायी, विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरू रहेका छन् ।
निजी क्षेत्रले नयाँ भेरियन्ट पुष्टि गरिसकेको तर नार्कले यसबारे थप अनुसन्धान गरिरहेकाले नार्कको अध्ययनपछि मात्रै आफूहरुले नयाँ भेरियन्टबारे भन्न सकिने विभागका प्रवक्ता ढकालले बताउनुभयो । भारतलगायत दक्षिण एसियाली देशहरुमा नयाँ भेरियन्टहरु पुष्टि भएको र नेपालको अवस्थाबारे नार्कले गर्ने अनुसन्धानपछि भन्न सकिने उहाँको भनाइ छ । अहिले सबैभन्दा धेरै रानीखेतको सङ्क्रमणको समस्या रहेको छ ।
काठमाण्डौलगायत अरु जिल्लाहरुमा पनि रानीखेतका नयाँ भेरियन्टहरु देखा परेकाले यसबारे अनुसन्धान गर्न टोली खटाइएको विभागले जनाएको छ । केही दिनअघि मात्रै काठमाण्डौको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।