पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – थाइल्यान्डकाे राजपरिवारले कोरोना भाइरस सङ्क्रमणकाे महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री आइतवार बिहान नेपाल आइपुगेको छ । थाई राजपरिवारले पठाएकाे स्वास्थ्य सामग्री प्राप्त भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार पाँच सय २० थान, फेस शिल्ड पाँच हजार थान, अक्सिजन कन्सन्ट्रेटर आठ थानलगायत स्वास्थ्य सामग्री नेपाललाई सहयाेग गरेकाे हाे ।
त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहका बीच नेपालका लागि थाई राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गर्नु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगाेपाल श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।